सशस्त्रले १७ बुँदे निर्वाचन परिचालन नीति बनायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ ।

आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।

निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको डीआईजी थापाले बताए ।

निर्वाचनको एक महिनाअघि नै निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गर्ने र स्ट्राइकिङ्ग तथा मोबाइल टोली १५ दिन अगाडिदेखि परिचालन गरिने नीतिमा उल्लेख ५ ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा आइनसकेकोले यसपटको निर्वाचन चुनौतीपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *