मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, मृत्यु हुने सबै भारतीय हुन् । उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *