देशको दिगो विकासमा श्रमदान अनिवार्य: हर्क साम्पाङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

धरान – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले देशको दिगो विकासका लागि जनताको सक्रिय श्रमदान आवश्यक रहेको बताएका छन्। धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका उनले पार्टीको घोषणापत्र र एजेन्डा सार्वजनिक गर्दै भने, “केवल योजनाबद्ध कार्यक्रम र बजेटमा निर्भर रहँदा विकास ढिला हुन्छ। छिटो र दिगो विकासका लागि जनताको श्रमदान अपरिहार्य छ।”

उनको भनाइ अनुसार, श्रमदानमा जनता आफैँ संलग्न भएपछि विकासको प्रक्रिया छिटो र प्रभावकारी हुन्छ। उनले थपे, “श्रम संस्कृति पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य श्रमको मूल्याङ्कन गर्नु मात्र होइन, श्रमिकलाई न्याय र सम्मान दिन निरन्तर प्रयास गर्नु हो।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *