‘ऊर्जा सम्झौतामा ठुलो आर्थिक चलखेलको तयारी’ — बस्नेतको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा ठूलो नीतिगत फेरबदलमार्फत आर्थिक अनियमितता गर्न खोजिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ५ हजार मेगावाट विद्युत् खरिद सम्झौतामा ‘टेक अर पे’ मोडेल पुनः ल्याई ठूलो कारोबार गर्ने योजना रहेको आरोप लगाए।

बस्नेतका अनुसार अघिल्लो सरकारले आन्तरिक माग नबढेको, भारतीय बजार सुनिश्चित नभएको तथा ‘रन अफ दि रिभर’ आयोजना बढी भएकाले ऊर्जा सुरक्षामा जोखिम देखिँदै ‘टेक अर पे’ मोडेल रोकिएको थियो। तर, अहिले त्यही नीति उल्ट्याउँदै प्रतिमेगावाट करिब १० लाख रुपैयाँ उठाउने उद्देश्यसहित ५ अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेल गर्न खोजिएको उनको दाबी छ।

उनले यस्तो निर्णय कार्यान्वयन भए नेपाल विद्युत् प्राधिकरण थप आर्थिक संकटमा पर्ने चेतावनी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *