|
२०८२ मंसिर १५
चितवन – गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनमा घाइते नौ जनाले राहत रकम र परिचय पत्र पाएका छन्। जिल्लामा कुल १४२ जना घाइते भएका थिए, तर अधिकांशले अहिलेसम्म राहत लिन आएका छैनन्।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमका अनुसार दुई जनाको नाम छुटेकाले गृह मन्त्रालयमा पठाइएको छ। उनले भने, “कतिपयले सामान्य घाइते भएको भन्दै राहत लिन आउन नखोजेको पाइएको छ।” प्रशासनले स्थायी ठेगाना अनुसार दोहोरो राहत नपरोस् भनेर व्यवस्था गरेको छ।
सरकारले प्रत्येक घाइतेलाई २० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। घाइतेको वर्गीकरण र राहत वितरणको काम यही साताभित्र सम्पन्न गरिने तयारी छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्