|
२०८२ मंसिर २
काठमाण्डौँ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
यसअघि सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्