काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ जिल्ला सभापति प्रदिप विष्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
उनले पार्टीको वडा र नगरपालिका क्षेत्रका सुझाव तथा समस्या, विधान, मूल्य मान्यता, पारदर्शिता, बेथिति र निर्णयहीनताका विषयमा पटक–पटक प्रदेश समिति, प्रदेश इन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई जानकारी गराए पनि कुनै स्पष्ट, प्रभावकारी मार्गदर्शन नपाएको बताएका छन्।
विष्टले बुझाएको राजीनामा पत्रमा उल्लेख छ, “६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक तथा धेरै अनौपचारिक संवादमार्फत सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेँ। तर अहिलेसम्म कुनै स्पष्ट वा उत्तरदायी मार्गदर्शन प्राप्त भएन। यस्तो परिस्थितिमा जिल्लाको नेतृत्वमा रहँदा कार्यकर्ता र मतदातालाई गुमराहमा राख्नु मेरो नैतिक मूल्य, राजनीतिक सिद्धान्त र व्यक्तिगत विवेकले स्वीकार्न सक्दैन।”


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्