×

रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए राजीनामा

कार्तिक १, २०८१ | दाक्सु मिडिया

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट स्पष्टीकरण सोधेका न्यौपानेले दशैं अगाडि नै राजीनामा बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले बतायो । रास्वपा स्रोतका अनुसार पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: