×

रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई बर्खास्त गर्न माग

बैशाख १९, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई बर्खास्त गर्न माग गरिएको छ ।

प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सभापति विष्टलाई कारबाही गर्न माग गरेका हुन् ।

ढकाललाई बुझाइएका दुईवटा छुट्टाछुट्टै पत्रमा उनीहरूले प्रदेश सभापति विष्टको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले भने राइट टु रिकलको व्यवस्थाअनुसार विष्टलाई कारबाही गरी सुदूरपश्चिम संगठनको संरक्षण गरिदिन भनेका छन् ।

जिल्ला सभापतिहरूले प्रदेश सभापतिमाथि प्रश्न उठाउँदै वैशाख १६ मा प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदेश इन्चार्ज ढकाल प्रदेश समितिको बैठकमा सहभागी हुन धनगढी आएका बेला ध्यानाकर्षणपत्र बुझाएको स्रोतले जनाएको छ ।

जिल्ला सभापतिले बुझाएको ११ बुँदे ध्यानाकर्षणपत्रमा सभापति विष्टले आन्तरिक छलफलबिना एकलौटी निर्णय गर्दै प्रदेश पदाधिकारी हटाउने र नियुक्त गर्ने जस्ता आरोप लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: