|
२०८२ मंसिर ६
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा भारतीय प्रतिकिलो रु ११०, आलु रातो रु ६०, प्याज भारतीय रु ३५, गाजर स्थानीय रु १५०, बन्दा स्थानीय रु ७०, काउली रु ८०, भिन्डी रु १५०, लौका रु १००, फर्सी रु ६०, च्याउ (डल्ले) रु ४००, कुरिलो रु १२०० तोकिएको छ।
त्यसैगरी, स्याउ झोले प्रतिकिलो रु २५०, केरा दर्जन रु १४०, अनार रु ४००, काँक्रो स्थानीय रु ११०, आभोकाडो रु ३०० कायम गरिएको छ। मसला तथा अन्य वस्तुमा अदुवा रु ९०, सुकेको खुर्सानी रु ४००, हरियो धनियाँ रु ५००, लसुन चाइनिज रु २००, ताजा माछा (रहु) रु ३४० तोकिएको समितिले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्