आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य अपडेट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असोज २८ गतेका लागि विभिन्न सागसब्जी र फलफूलको थोक मूल्य तोकेको छ।

गोलभेँडा ठूलो भारतीय ८० रुपैयाँ, सानो लोकल ४४ रुपैयाँ, आलु रातो ३८ देखि ५६ रुपैयाँसम्म, प्याज सुकेको ३६ रुपैयाँ प्रतिकिलो कायम छ।

गाजर स्थानीय १२५ रुपैयाँ, काउली ११० रुपैयाँ, रातो र सेतो मूला ६० देखि ८० रुपैयाँ, भटमास ११० रुपैयाँ रहेको छ।

सागहरूमा मेथी २६०, पालुङ्गो २००, पालक २००, तोरीको साग १०० र पुदिना ६०० रुपैयाँसम्म छ।

फलफूलमा स्याउ २४०–३००, केरा १२० (दर्जन), कागती १३०, अनार ३५०, सुन्तला १६० र अम्बा १२० रुपैयाँ प्रतिकिलो रहेको छ।

खुर्सानी, अदुवा, लसुन, माछा लगायतका अन्य कृषिउपजहरूको मूल्य पनि तोकिएको छ।

यो मूल्य सूची किसान र व्यापारी दुवैका लागि महत्वपूर्ण मानेर तोकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *