काठमाडौँ । गत असोजमा परेको अविरल वर्षाका कारण भएको बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि बीमा कम्पनीहरूमा करिब ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ। बीमा प्राधिकरणका अनुसार कुल ४३४ वटा बीमा दाबी आवेदन दर्ता भएका छन्।
सबैभन्दा धेरै १९७ दाबी सुनसरीमा, त्यसपछि मोरङमा ९०, काठमाडौंमा ८०, इलाममा ६०, पर्सामा ७१, रौतहटमा २८ र झापामा २० दाबी परेको छ।
क्षतिको स्वरूपअनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, सार्वजनिक मोटर बीमा १०, अन्य १, र सामुन्द्रिक बीमा ३ आवेदन दर्ता भएका छन्।
यसअघि भदौको आन्दोलनका कारण २३ अर्ब २३ करोड र असारको बाढीपहिरोबाट ९८ करोड ५९ लाख बराबरको बीमा दाबी दर्ता भएको थियो।
हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनीहरूमा यस्ता दाबी परेको प्राधिकरणले जनाएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्