तीन महिनामा वीरगञ्ज नाकाबाट ८ अर्ब ७० करोड मूल्यका सवारी भित्रिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाडौं : वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँ मूल्यका विभिन्न सवारीसाधन आयात भएका छन्। यसबाट ७ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।

भन्सार कार्यालयका अनुसार, अनएसेम्बल्ड मोटरसाइकल, जीप, कार, भ्यान र विद्युतीय सवारीसाधनको आयात र राजस्व दुवैमा गत वर्षको तुलनामा वृद्धि देखिएको छ। विशेषगरी, विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धिसँगै राजस्व पनि बढेको छ।

गत आवको पहिलो तीन महिनामा सवारीसाधन आयात ६ अर्ब १९ करोड र राजस्व ५ अर्ब ९५ करोड रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *