जेनजी प्रदर्शनमा भएको क्षतिः २२ अर्ब २५ करोडको बिमा दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिका लागि हालसम्म रु २२ अर्ब २५ करोड ६५ लाख बराबरको बिमा दाबी परेका छन्।

नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बिमा दाबी बागमती प्रदेशबाट (रु १७ अर्ब ९७ करोड) परेको छ। कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबी दर्ता भएका छन्।

ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै रु ५ अर्ब २२ करोड र सिद्धार्थ इन्स्योरेन्समा रु ५ अर्ब ८ करोड बराबरको दाबी परेका छन्।

दाबीमध्ये सम्पत्ति बिमा ५३८, मोटर बिमा १,७७८, इञ्जिनियरिङ १३२, परिवहन ११ र अन्य १९ वटा रहेका छन्।

प्रदेशअनुसार कोशीमा ३२२, मधेश २४६, गण्डकी १८४, लुम्बिनी २०२, कर्णाली २२ र सुदूरपश्चिममा १५९ वटा दाबी दर्ता भएका छन्।

प्राधिकरणले दाबीको मात्रा अझै बढ्न सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *