कालीमाटीमा सागसब्जी र फलफूलको ताजा मूल्य सूची प्रकाशित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार दैनिक उपभोगमा आउने गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायतका तरकारीदेखि स्याउ, केरा, सुन्तला, अनार जस्ता फलफूलसम्मको न्यूनतम, अधिकतम र औसत मूल्य तोकिएको छ।

प्रमुख तरकारीको मूल्य

  • गोलभेँडा ठूलो (भारतीय): प्रतिकिलो रु ९०–१०० (औसत रु ९५)
  • आलु रातो (स्थानीय): रु ६०–७० (औसत रु ६५)
  • प्याज सुकेको (भारतीय): रु ३७–३९ (औसत रु ३८)
  • बन्दा (लोकल): रु ४०–६० (औसत रु ५०)
  • काउली (स्थानीय): रु ८०–१०० (औसत रु ९०)
  • गाजर (लोकल): रु १००–१२० (औसत रु १११)

साग र विशेष तरकारीको मूल्य

  • रायो साग: रु ९०–१५० (औसत रु १२०)
  • पालुङ्गो साग: रु १२०–१५० (औसत रु १३५)
  • मेथीको साग: रु २००–२५० (औसत रु २३४)
  • च्याउ (डल्ले): रु ३५०–४०० (औसत रु ३७६)
  • कुरिलो: रु ९००–११०० (औसत रु ९८७)
  • ब्रोकाउली: रु १४०–१५० (औसत रु १४६)

फलफूलको मूल्य

  • स्याउ (फुजी): रु २६०–३०० (औसत रु २८०)
  • केरा (दर्जन): रु १४०–१५० (औसत रु १४५)
  • सुन्तला (नेपाली): रु ९०–११५ (औसत रु १०२)
  • अनार: रु ३५०–४५० (औसत रु ४०२)
  • किवी: रु २५०–३५० (औसत रु ३०२)
  • आभोकाडो: रु २५०–३५० (औसत रु २९८)

मसला र अन्य वस्तुको मूल्य

  • अदुवा: रु ८०–१०० (औसत रु ९१)
  • हरियो धनियाँ: रु ३००–३५० (औसत रु ३२६)
  • लसुन (चाइनिज): रु १८०–२०० (औसत रु १९२)
  • खुर्सानी हरियो (माछे): रु १५०–१६० (औसत रु १५५)
  • माछा सुकेको: रु ८००–९०० (औसत रु ८५०)

कालीमाटी बजार विकास समितिले दैनिक रूपमा माग र आपूर्तिका आधारमा यस्ता थोक मूल्य तोक्ने गरेको छ। बजारमा माग घट्दा वा आपूर्ति बढ्दा मूल्य घट्ने र माग बढ्दा मूल्य बढ्ने प्रवृत्ति देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *