कुनकुन ठाउँमा हिमपात र पानि पर्छ आज ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

आज (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारण बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ। साथै, महाभारत र चुरे हुँदै बहने स–साना नदी–नालामा आकस्मिक बहाव हुने जोखिम पनि रहेको छ।

विभागले सम्भावित खराब मौसमका कारण पहिरो, आकस्मिक बाढी, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताएको छ। यसैबीच, बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै नेपालको मध्य भूभाग नजिक सर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *