आज पानि पर्ने , कहाँ कहाँ हुदैछ वर्षा ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २६

२६ चैत, काठमाण्डौ – नेपालमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।  

मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको बुलेटिनमा दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। प्रदेश नं १ को पहाडी  भू-भागका  केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग र मधेस प्रदेशका  केही  स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
सोमबार देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *