वर्षाले कर्णालीको यातायात सञ्जाल रोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली प्रदेशमा अन्तरजिल्ला सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जोखिम बढ्न सक्ने भन्दै शुक्रबार बिहानदेखि विभिन्न जिल्लाबाट चल्ने गाडीलाई गन्तव्यतर्फ जान दिइएको छैन।

जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार प्रहरीले दैलेख, कालिकोटलगायत जिल्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेका सवारीसाधनलाई सम्बन्धित जिल्लामै रोकेको छ।

वर्षा नरोकिएसम्म यात्रुको सुरक्षालाई ध्यानमा राखेर अन्तरजिल्ला यातायात सञ्चालनमा रोक लगाइएको जनाइएको छ। मौसमको अवस्था हेरेर सवारी आवागमनबारे थप निर्णय गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *