|
२०८३ आश्विन १०
झापा । सम्भावित बाढी र डुबानको अवस्था पहिल्यै पहिचान गर्न झापामा ड्रोनमार्फत निगरानी सुरु गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले जोखिममा रहेका नदी, खोला, तटबन्ध, बस्ती र डुबान सम्भावित क्षेत्रको हवाई निगरानीका लागि ड्रोन परिचालन गरेको हो।
गौरिगञ्ज र झापा गाउँपालिकाका चार वडाका गरी १ हजार १६९ घरपरिवार डुबानको जोखिममा रहेको जनाइएको छ। सम्भावित विपद्का लागि उद्धार डुङ्गा, नेपाली सेनाका क्विक रेस्पोन्स टोली र सशस्त्र प्रहरीका उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ।
कनकाई, बिरिङ र मेची नदीमा जलसतह बढेपछि साइरनमार्फत स्थानीयलाई सचेत गराउने व्यवस्था गरिएको छ। इलामतर्फ भारी वर्षा हुँदा त्यसको प्रभाव करिब तीन घण्टापछि झापाका नदीमा देखिने भएकाले सोहीअनुसार पूर्वसूचना दिने गरिएको प्रशासनले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्