मन्त्रिपरिषद्माका चार जना बाहेक सबै मन्त्री हटाउने प्रधानमन्त्री ओलीको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २१

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हाल मन्त्रिपरिषद्मा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने निर्णय गरिएको छ।

ओली निकट स्रोतले जानकारी दिए अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *