काठमाण्डौँ । जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
पार्टी भित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ ।
यस विषयमा उनले पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् । भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरतर्फबाट नयाँबानेश्वरतर्फ प्रस्थान गरेको युवाहरुको जुलुश नयाँबानेश्वरको प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
जताततै आगजनी र झडप भएपछि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसहित, प्रधानमन्त्री केपी शर्मा ओली र सबैजसो राजनीतिक दलका शीर्ष नेता तथा मन्त्रीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरेको थियो ।
जेनजी आन्दोलनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्