प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद्‌ विस्तारको तयारी, नाम टुंगो आज, विस्तार आइतबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

२८ भदौ, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको तयारी तीव्र भएको छ।

प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग आन्तरिक छलफलमा व्यस्त रहेको स्रोतले जनाएको छ।

आजै मन्त्रिपरिषद्‌मा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी छ भने आइतबार मन्त्रिपरिषद्‌ विस्तार गरिने योजना बनाइएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको थियो। नियुक्तिपछि उनी मन्त्रिपरिषद्‌ गठन तथा विस्तारमा सक्रिय रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *