भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १७

विराटनगर : भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ ।

जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ । विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’ विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *