|
भदौ २३, २०८३
काठमाडौँ । चीन सरकारको सहयोगमा पठाइएको चौथो चरणको आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी थिए ।
यसपटक उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीलगायत सामग्री प्राप्त भएका छन् ।
विपद् प्रभावित क्षेत्रको आवश्यकता ध्यानमा राखेर पठाइएका यी सामग्रीले आपत्कालीन उद्धार तथा त्यसपछिका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्