श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

काठमाडौं- श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ ।

जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छोडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *