उत्तरी गाजामा इजरायलको आक्रमण: ७३ जनाको मृत्यु,१२३ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ४

काठमाडौँ : इजरायली सेनाले उत्तरी गाजामा गरेको आक्रमणमा परी कम्तिमा ७३ जनाको मृत्यु भएको छ। उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली सेनाले शनिवार गरेको आक्रमणमा परी १२३ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलासहित ७३ जना रहेको हमास अधिकारीले पुष्टि गरेका छन्। आक्रमणका कारण बेत लाहिया क्षेत्रमा इन्टरनेट र बिजुली सेवा पनि अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भइरहेको हमासले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *