खुम्बु पासाङल्हामु गाउँपालिकामा आन्तरिक ब्याटमिन्टन प्रतियोगिता असार ७ र ८ गते हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २४

२४ जेठ, काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा वडा नं. २, लुक्लाको कर्भड हलमा आगामी असार ७ र ८ गते आन्तरिक ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। गाउँपालिकाले स्थानीय युवालाई खेलतर्फ प्रोत्साहित गर्दै खुल्ला पुरुष सिङगल र डबलतर्फ प्रतियोगिता आयोजना गरेको हो।

पुरुष डबलतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीलाई क्रमशः रु. ५०,०००, ३०,००० र १५,००० पुरस्कार र पुरुष सिङगलतर्फ पहिलो, दोस्रो र तेस्रो स्थानधारीलाई रु. ३०,०००, १५,००० र १०,००० प्रदान गरिने छ।

प्रतियोगितामा डबलतर्फ सहभागी हुन रु. १,००० र सिङगलतर्फ रु. ५०० शुल्क तिर्नुपर्नेछ। सहभागी टोलीले असार ६ गते भित्र वडा कार्यालयमा दर्ता गराउनु पर्नेछ। खेलाडीले नागरिकता, फोटो, वडा सिफारिस र परिचयपत्र अनिवार्य बुझाउनु पर्नेछ।

सरकारी कर्मचारी र समाजसेवी संस्थाका सदस्यले पनि सहभागिता जनाउन सक्नेछन्। विवाद भएमा आयोजकको निर्णय अन्तिम मानिनेछ। प्रतियोगिता सफल बनाउन सबैको सहभागिता अपेक्षित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *