मतदाता परिचयपत्र हराएकाले पनि नागरिकताको आधारमा भोट हाल्न पाउने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख २७

मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने भएका छन् । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए । 
मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने ।  ६ हजार ७ सय ४३ वडा भित्रका सबै नागरिकले मतदान यही अनुसार गर्न सक्ने उनले बताए ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *