×

जिल्लाकै उच्च स्थानको मतदान केन्द्र : पाङबोचेमा ४१ प्रतिशत मत खस्यो

मंसिर ४, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बु – सोलुखुम्बुको उच्च स्थानमा रहेको पाङबोचे मतदान केन्द्रमा ४१ प्रतिशत मत खसेको छ ।

आईतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजार मिटर उचाईको पाङबोचे मतदान केन्द्रमा ४१.४० मत खसेको निर्वाचन अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिए । उनका अनुसार ३८४ जना मतदाता रहेको सो केन्द्रमा १५९ मत खसेको हो ।

साथै सोही केन्द्रमा ८ जना अस्थायी मतदाता अर्थात कर्मचारीहरुले पनि समानुपातिकमा मतदान गरेका छन् । मतपेटिका भरिया मार्फत ढुवानीको काम भईरहेको अधिकृत बाहिङले बताए ।

अत्याधिक चिसो भएका कारण मतपेटिकामा लगाइएको सिल जमेर आफै भाचिने खतरा भएकाले अत्यन्त होसियारी पुर्वक ढुवानी गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: