काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ।
विभागले आव २०७८/७९ देखि २०८२/८३ सम्मको आर्थिक कारोबार, श्रमिक पठाएको विवरण, सेवा शुल्क, एजेन्ट तथा प्रतिनिधिलाई गरिएको भुक्तानी, कर विवरण, लेखापरीक्षण प्रतिवेदनलगायत कागजात १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो।
मलेसियामा नेपाली श्रमिक पठाउँदा २५ म्यानपावरलाई मुख्य कम्पनी र २५० लाई सबएजेन्ट बनाइएको विषय विवादित बनेपछि विभागले सम्बन्धित कम्पनीसँग एफडब्लूसीएमएसमा उनीहरूको संलग्नता र प्रक्रियाबारे स्पष्टीकरणसमेत मागेको छ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार २५ कम्पनीसँग विवरण माग गरेर अनुसन्धान रोकिँदैन र अन्य म्यानपावर कम्पनीसँग पनि क्रमशः विवरण माग गरिनेछ।
मलेसिया प्रकरण टुंगो नलागेसम्म सम्बन्धित म्यानपावर कम्पनीहरूको पूर्वस्वीकृति रोकिएको विभागले जनाएको छ। विभागले वैदेशिक रोजगार ऐनको दफा ३७ अन्तर्गत अनुसन्धान अघि बढाएको र स्पष्टीकरणपछि आवश्यक कानुनी कारबाही गरिने जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्