सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले सरकारबाट दमन, ज्यादती र अत्याचार भइरहेको आरोप लगाए । त्यसविरुद्ध विभिन्न पार्टी, बुद्धिजीवी र नागरिक समाजसँग छलफल भइरहेको उनले बताए ।

प्रचण्डले चाडपर्वपछि देशको परिस्थितिअनुसार नयाँ आन्दोलन अघि बढाउने तयारी भइरहेको जानकारी दिए । साथै, उनले ‘प्रतिक्रान्ति’ परास्त गर्दै क्रान्तिलाई नयाँ उचाइमा लैजाने संकल्प गर्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *