मतदान केन्द्र नजिकै बम विस्फोट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४
पाँचथर / मंसिर ४, २०७९

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । 

विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *