थुलुङ दुधकोशी गाउँपालिकाअध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २५ गते देखि हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १२

पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले पुस २५ गते देखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्किका अनुसार प्रतियोगिता पुस २९ गते सम्म हुने छ । जसको लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विभागिय जिम्मेवारी बाडफाड गर कार्यक्रमको तयारी गर्ने बताइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ भने अध्यक्ष कपमा संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *