|
२०८२ असार ७
सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाले सोलुदुधकुण्ड नगरपालिका वार्ड नं –५कोे ढल व्यवस्थापन समस्या समाधानका लागि नेपाल सरकारको संघिय सरकारबाट रु. ३ करोडको बजेट विनियोजन भएको जनाएको छ । नगरपालिकाले यस योजनाको विस्तृत परियोजना मउच प्रतिवेदन पहिल्यै तयार गरिसकेको छ । ढल व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित अघि बढाइएको यो योजना कार्यान्वयनमा आएपछि सोलुदुधकुण्ड–५ का विभिन्न बस्तीहरूमा स्वच्छता र सार्वजनिक स्वास्थ्यमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
अघिल्लो आर्थिक बर्षमा नै फाप्लु, नयाँबजार र दोर्पु क्षेत्रमा ढल निर्माण सम्पन्न भइसकेको छ । स्थानीय पुर्वाधार विकास र स्वच्छता प्रवद्र्धनमा यो योजनाले महत्वपुर्ण टेवा पुग्ने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाको भनाइ रहेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्