×

१ खर्ब ८० अर्ब ४ करोड बजेट शिक्षा क्षेत्रका लागि विनियोजन

जेष्ठ १५, २०७८ | दाक्सु मिडिया

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारद्वारा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रका लागि विनियोजन गरिएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले बताए अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रका निमित्त १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ र साथै एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति पनि सरकारले प्रस्तुत गरेको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: