सोलुखुम्बु जिल्लाले संघिय सरकारबाट २ अर्ब ३९ करोड ३७ लाखको बजेट पाएको छ । अर्थमन्त्रायले आठ स्थानिय तह रहेको सोलुखम्बुलाई आगामी आर्थिक वर्ष २०८०–८१ का लागि उक्त बजेट बिनियोजन गरेको हो ।
जसमा सोलुदुधकुण्ड नगरपालिकाले ४९ करोड ४१ लाख, थुलुङ दुधकोशीमा ४१ करोड १० लाख, खुम्बुपासाङल्हामु गाउँपालिकाले २२ करोड ९ लाख, माप्यदुधकोशीमा २८ करोड ४ लाख, नेचासल्यान ३६ करोड २४ लाख बजेट पाएको छ । त्यस्तै, महाकुलुङ गाउँपालिकाले २० करोड ४० लाख, लिखुपिके गाउँपालिकाले १७ करोड ९२ लाख र सोताङ गाउँपालिकाले २४ करोड १७ लाख बजेट पाएको छ ।
समपुरक अनुदानमा पुँजीगत प्रकृति तर्फ सबैभन्दा बढि सोलुदुधकुण्डले २ करोड ३० लाख र थुलुङ दुधकोशीले १ करोड ३० लाख बजेट पाएको छ । नेचासल्यानले ८० लाख, खुम्बु पासाङल्हामुले ८० लाख, माप्यदुधकोशीले ७० लाख, र लिखुपिकेले ७० लाख बजेट पाएका छन् । तर महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाले समपुरक अनुदान पुँजिगत प्रकृतिमा भने शुन्य बजेट पाएका छन् ।
यसैविच, विशेष अनुदान तर्फ सोदुधकुण्ड नगरपालिकाले १ करोड ५० लाख, माप्यदुधकोशीले १ करोड १० लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ८५ लाख र थुलुङ दुधकोशीले ७५ लाख प्राप्त गरेको छ भने जिल्लाको अन्य पालिकाले भने विषेश अनुदान प्राप्त गर्न नसकेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया