नेचासल्यानमा सञ्चालित ३ दिने शिक्षक तालिम समापन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ७

सोलुखुम्बु, मंसिर ६ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने तालिम समापन गरिएको छ । जिल्लाको नेचासल्यान गाउँपालिमा सञ्चालन भएको ३ दिने तालिम आज बिहिबार समापन गरिएको  हो ।

रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत विकास तालिम हिमाल दर्शन माध्यमिक विद्यालय नेचामा आज समापन गरिएको  हो ।

पालिका भित्रका सबै विद्यालयका ६५ जना शिक्षकको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले बताउनुभयो ।

तालिममा अंग्रेजी गणित विज्ञान, सामाजिक विषयलाई समावेश गरिएर प्रशिक्षण गरिएको उहाँले बताउनुभयो ।

रीड नेपालका शिक्षा विकास संयोजक गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष्य बिना राईको प्रमुख आतिथ्यतामा गरिएको थियो तालिम समापन कार्यक्रमा सहभागी शिक्षकहरु तुलसा आचार्य,कमला दाहाल होम कटेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै पालिका शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

पालिका उपाध्यक्ष राईले शिक्षामा रीड नेपालको भूमिका अतुलनीय रहेको भन्दै तालिम प्रभावकारी रहेको भन्दै शैक्षिक सुधारका लागि रीडसंग सहकार्य गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

रीड नेपालका संयोजक गिरीले तालिमले मार्ग निर्देशन गर्ने भएकोले तालिमबाट पुरा नभएका अपेक्षाहरुलाई शिक्षक आफैंले पनि खोज अनुसन्धान गरेर सिक्न सकिने बताउदै आइ सी टी को प्रयोगमा जोड दिएर शिक्षण गर्न आग्रह गर्नु भएको छ ।

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह, अर्पण रेग्मी,राजीव ढुंगाना, वासु वाग्ले र सुजाता राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *