माप्य दुधकोशी गाउँपालिका ५ मा अन्तर्राष्ट्रिय स्तरको रक क्लाईमिङ हुदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख २६

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका ५ महभिरमा खुल्ला अन्तर्राष्ट्रिय स्तरको रक ल्याईमिङ प्रतियोगिता हुने भएको छ ।
आउदो असार ३ र ४ गते हुने उक्त प्रतियोगिताका लागि माप्य दुधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघ बिच सम्झौता भएको । सम्झौता पत्रमा माप्य दुधकोशी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बुद्धिकिरण राई र नेपाल आरोहण खेल संघको तर्फबाट अध्यक्ष हरि प्रसाद धरेलले हस्ताक्षर गरेका छन् ।
गएको मङ्सिरमा विश्वकीर्तिमानी हिमालआरोही कामिरिता शेर्पाले महभिर स्थिति उक्त ‘रक क्लाइम्बिङ सेन्टर’को शुभारम्भ गरेका थिए ।


साहसिक खेल रक क्लाम्विङद्धारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने मुख्य उदेश्यका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भनाई छ।
उता नेपाल आरोहण खेल संघका अध्यक्ष हरि प्रसाद धरेलले पालिकाले खेल संगै पर्यटन लाई जोडेर अघि बढाउने महान योजना संचालन गरेकोमा खुसी व्यक्त गरे।
सम्झौतामा पत्रमा खेलमा सहभागी संघका पदाधिकारीहरु, खेल व्यवस्थापक, प्राविधिक समुह, खेलाडीहरु तथा पाहुनाहरुलाई खेल अवधीभर खाना, वास, स्थानिय यातायात, र मञ्चको व्यवस्था बाहेक अन्य सबै संघको तर्फबाट हुने उल्लेख छ। प्रतियोगिताको पुरस्कार केही दिनमा घोषणा गर्ने आयोजकको भनाई छ।
पालिकाले आयोजना गर्न लागेको रक क्लाईमिङ प्रतियोगिता एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को रुटमा पर्दछ । जसको उद्घाटन गएको मङ्सिमा भएको थियो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुको उपस्थितिमा सोही रुटमा हालै एभरेस्ट भ्यु ट्रेल म्याराथन समेत सम्पन्न भएको छ। ट्रेकिङ रुटमा आन्तरिक तथा बाह्य पर्यटनको उपस्थित समेत हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *