डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन अन्त्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १२

काठमाडौं । सरकारसँग ७ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले आफ्नो अनसन अन्त्य गरेका छन्।

सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाइने, एमबीबीएससहित शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति, फ्याकल्टी र पाठ्यक्रम तयारी पूरा गरिने भएको छ।

यस्तै, विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी संशोधन प्रक्रिया तीन महिनाभित्र अघि बढाउने तथा चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण संस्थालाई गैरनाफामूलक बनाउने विषयमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

सहमतिपछि डा. केसीले धनगढीमा जुस पिएर आफ्नो अनसन तोडे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *