विश्वको सर्वोच्च शिखर सगरमाथामा कुलुङ विद्यार्थी संघको झण्डा पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ ६

विश्वको सर्वोच्च शिखर सगरमाथामा कुलुङ विद्यार्थी संघको झण्डा फहराइएको छ। माउन्टेन गाइड जनकराम कुलुङ्ले चैत २४ गते (April -6 ) मा काठमाडौंबाट सगरमाथा प्रस्थान गरेका थिए।

वैशाख २१ गते आधार शिविरबाट हिँडेको टोली २०८० वैशाख ३१ गते( May -13) विहान ७:३० बजे सफल आरोहण गर्दै सगरमाथाको चुचुरोमा पुगेको थियो। उक्त टोली अहिले काठमाडौं फिर्ता भइसकेको छ।

कुलुङ विद्यार्थी एकता पहिचानमा आधारित मातृभाषामा शिक्षा आजको आवस्यकता” भन्ने कुलुङ विद्यार्थी संघको नारालाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा संघको झण्डा फहराइएको संघका अध्यक्ष समिप मान्थेर्बु कुलुङले जानकारी दिए । विश्व-भरी छरिएर रहेका कुलुङ विद्यार्थीहरुलाई एकता गरि आफ्नो स्वपहिचान सहितको शिक्षामा अग्रसर हुन र हामी कुलुङ विद्यार्थीहरु पनि राष्ट्रको लागि जनपैरवी भइ अगाडि बढ्नमा यो कार्यले टेवा पुर्‍याउने संघका महासचिव दिवस होदिबु कुलुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *