|
२०८३ भाद्र ३०
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७८७ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७५ जना, रातो बत्ती उल्लंघन गर्ने ८७ जना र तीव्र गतिमा सवारी चलाउने ११७ जना छन्।
त्यस्तै, सीसीटीभीबाट ६५, हर्न निषेध उल्लंघनमा १९, लेन क्रस गर्ने १२, सवारीको अवस्था ठीक नभएका २४ र एकतर्फी सडकमा चलाउने ४ जना कारबाहीमा परेका छन्। अन्य नियम उल्लंघनमा ३८८ चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्