कृष्णभीरको अवरोध हट्दै, असोज १ बाट गाडी चल्ने सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण रोकिएको यातायात अब नियमित हुने संकेत देखिएको छ। अवरुद्ध सडकको विकल्पका रूपमा निर्माण गरिएको नयाँ ट्र्याकलाई अन्तिम रूप दिने काम तीव्र पारिएको छ।

निर्माण पक्षले असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित सवारी सञ्चालन गर्ने लक्ष्य राखेको छ। अहिले सडकमा ग्राभेल बिछ्याउने, नाली बनाउने र सतह मिलाउने काम भइरहेको छ।

करिब ३०० मिटर लामो ट्र्याक सात मिटर चौडाइको बनाइएको छ। कामका लागि एक्साभेटर, ग्रेडर र रोलरसहितका हेभी उपकरण परिचालन गरिएका छन्।

यसअघि निर्माणको अवस्था जाँच्न केही सवारीसाधनलाई ट्र्याकबाट परीक्षणका रूपमा पार गराइएको थियो। तर, सडक अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। सम्बन्धित निकायले काम नसकिँदै नयाँ ट्र्याक खुलेको ठानेर सवारी नलैजान आग्रह गरेको छ।

थप पहिरो वा अन्य प्राविधिक समस्या नआए निर्धारित समयमै ट्र्याक सञ्चालनमा ल्याउने तयारी छ। नयाँ बाटो खुलेसँगै कृष्णभीरमा लामो समयदेखि भइरहेको यातायात अवरोध हट्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *