×

कायखेत मोटरेबल पुलको निर्माण कार्य सम्पन्न

बैशाख ११, २०७८ | दाक्सु मिडिया

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ वाकुलाई जोड्ने कायखेत मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । कायखेत मोटरेबल पुलको २०७७ मंसिर अन्तिममा संघीय सांसद हेमकुमार राई (सुरबीर)सँगै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

करिब ६ करोड रुपैयाँ लागतमा बनेको उक्त मोटरेबल पुलका लागि संघीय सांसद कोषबाट १ करोड दश लाख, प्रदेश सरकारबाट २ करोड र बाकी माप्य दुधकोशी गाउँपालिकाको लगानी रहेको छ । गाउँपालिकाकाअनुसार सोही बजेटबाट पुल वरीपरीको बाटो स्तरोन्नतिको कामसमेत हुनेछ ।

करिब ४० टन क्षमता भएको मोटरेबल पुलको आयु ५० वर्षभन्दा बढि रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: