मिथिलामा १३ दिने झुला पर्वको समापन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

महोत्तरी । मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको झुलनोत्सव सम्पन्न भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भएको पर्व साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर समापन गरिएको हो।

मठमन्दिरमा विष्णु–लक्ष्मी तथा राम–सीता र राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर श्रद्धालुले भजन तथा झुला गीत गाउँदै पर्व मनाउने परम्परा छ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र जनकपुरधामको जानकी मन्दिरमा झुलनोत्सव विशेष रूपमा मनाइन्छ। पर्वमा नेपाल तथा भारतका विभिन्न मठमन्दिरबाट ल्याइएका देवीदेवताका प्रतिमा झुलामा राख्ने गरिन्छ।

मल्हार र कजरीका गीत, नाचगान तथा धार्मिक गतिविधिसहित मनाइने झुलनोत्सव मिथिलाको पुरानो सांस्कृतिक तथा लोकपरम्पराका रूपमा रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *