|
२०८२ फाल्गुन १३
भक्तपुर, फागुन १३:वसन्त ऋतुको आगमनसँगै भक्तपुरमा परम्परागत फागु होली पर्वको विधिवत् सुरुवात भएको छ। मंगलबार फागुन शुक्ल अष्टमीका दिन दत्तात्रय मन्दिर परिसरस्थित भीमसेन मन्दिरमा ‘चिरोथान’ गर्दै उत्सव प्रारम्भ गरिएको हो।
स्थानीय परम्पराअनुसार काठको प्रतीकात्मक लिङ्ग नगर परिक्रमा गराई मन्दिरमा झुन्ड्याइन्छ, जसलाई पूर्णिमासम्म प्रदर्शनमा राखिन्छ। पूर्णिमाको साँझ उक्त प्रतीकलाई ब्रह्मायणी मन्दिर नजिकको खोलामा स्नान गराएर पुनः मन्दिरमा फर्काएपछि पर्व समापन हुने चलन छ।
इतिहासकारहरूका अनुसार यो परम्परा मल्लकालदेखि चल्दै आएको मानिन्छ। फागु पर्वलाई सृष्टि, ऊर्जा र शिव–शक्ति मिलनको प्रतीकका रूपमा लिने गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्