जुवा खेलिरहेको आरोपमा इन्स्पेक्टर र अध्यक्षसहित ८ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । वीरगञ्जमा क्यासिनोमा जुवा खेलिरहेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोनबाट इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित चार जना पक्राउ परेका हुन्।

नेपालीलाई क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *