|
२०८२ चैत्र ३०
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको एक चिया पसलबाट जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। आइतबार साँझ महाकाली प्रादेशिक अस्पताल नजिक रहेको उक्त पसलमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाबाट ३६ हजार ४४२ रुपैयाँ नगद र एक गड्डी तास बरामद गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्