काठमाडौँ उपत्यकासहित चार ठाउँमा जुवा खेलिरहेका २३ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौँ ।  प्रहरीले काठमाडौँ उपत्यकासहित भक्तपुर, ललितपुर, सुर्खेत र बाँकेबाट जुवा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ।
भक्तपुरबाट ९ जना, ललितपुरबाट ६ जना, सुर्खेतबाट ३ जना र बाँकेबाट ५ जना पक्राउ परेका हुन्।

उनीहरूबाट करिब २ लाख रुपैयाँभन्दा बढी नगद र तासका बुकहरू बरामद गरिएको छ।
पक्राउ परेकामाथि प्रहरीको आवश्यक अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *