दाङमा वडाध्यक्ष, इन्जिनियरसहित ९ जना जुवा खेल्दाखेल्दै पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

घोराही, दाङ – दाङको घोराही उपमहानगरपालिकामा एक वडाध्यक्ष र इन्जिनियरसहित ९ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरपालिकाका इन्जिनियर प्रवीण रावतसहितको समूह काठेकोलस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, पक्राउ परेकाहरूको साथबाट ३ लाख ४५ हजार ९१५ रुपैयाँ नगदतीन गड्डी तास बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *