काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा घरभित्र पुरिएको अवस्थामा प्रहरीले एक जनाको शव फेला पारेको छ ।
भोटेकोशी विपद्को १२औँ दिन उद्धार तथा खोजीका क्रममा फेला परेको शव करिब ४५ वर्षीय राजेश जोशीको रहेको पुष्टि भएको छ । नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले शवको सनाखत भएको जानकारी दिएका छन् ।
विदुरबाट त्रिशूली नदी पारिपट्टिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार गरिरहेको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार मृतकको दायाँ हातमा रहेको ट्याटुबाट पहिचान खुलेको हो । नाडीमा उनकी पत्नी ‘दीपिका’को नाम लेखिएको भेटिएपछि शव राजेश जोशीको भएको पुष्टि गरिएको हो ।
जोशी परिवारका एकै घरका पाँच जना सदस्य भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका थिए ।
यसैबीच त्रिशूली बजारमै घरभित्र मृत अवस्थामा फेला परेकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिएका छन् बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्य सुरक्षाकर्मीले निरन्तर जारी राखेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्